१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोभिडका कारण करिब  तीन सय निजी विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o३:oo

कोभिड– १९ का कारण देशभरमा तीन सयको हाराहारीमा निजी विद्यालय बन्द भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १५औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष टीकाराम पुरीले कोभिडका कारण तीन प्रतिशत निजी विद्यालय बन्द भएको बताए । 

महाधिवेशनको अवधिमा बन्द भएका विद्यालयको सूचीसमेत संकलन हुने बताए । उनले भने, ‘तीन प्रतिशत निजी विद्यालय बन्द भएको जानकारी छ, अवस्था अनुकूल भएमा यस वर्ष केही सञ्चालनमा आउन सक्छन् कि भनेर नाम सार्वजनिक गरेका छैनौँ ।’ देशभरमा प्रि–स्कुलसहित १० हजार निजी विद्यालय रहेको उनले बताए । 

प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशन ९ र १० चैतमा काठमाडौंमा हुने भएको छ । पाँच हजार साधारण सदस्य विद्यालय रहेको प्याब्सन महाधिवेशनमा देशभरबाट दुई हजार दुई सय ४६ महाधिवेशन प्रतिनिधिको सहभागिता रहने प्याब्सनले जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले महाधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि महाधिवेशनले २७ पदाधिकारी र ३९ सदस्य रहने गरी ६६ सदस्यीय कार्यसमिति चयन गर्ने बताए । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट गर्ने कार्यक्रम तय भएको छ । 

अध्यक्ष पुरीले महाधिवेशनमा देशको समग्र विकासका लागि अनुशासित र देशभक्त नागरिकको उत्पादनका लागि शिक्षाले सीप सिकाउनुपर्ने, सीप श्रमसँग जोड्नुपर्ने र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने विषयमा छलफल हुने बताए । त्यसैगरी, महाधिवेशनमा वर्तमान कार्यसमितिले निजी शैक्षिक क्षेत्रको हक, हित, लगानी सुरक्षा, कोभिड– १९ ले पारेको प्रभावका विषयमा समेत छलफल हुने बताए ।

 प्याब्सनले कोसी बाढीपीडित समुदायका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा सदस्य विद्यालयहरूको योगदानबाट संकलित एक करोड ५० लाखको लगानीमा ‘प्याब्सन सामूहिक बस्ती’को निर्माण गरेको र १ चैतमा हस्तान्तरण गर्ने जनाएको छ ।

ad
ad