मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार ०९:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार ०९:१९:००

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । निगमको कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको थियो ।

उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो । उक्त पदका लागि भट्ट, सिटौला र थानीसहित १६ जनाको दरखास्त स्वीकृति भएको थियो । 

नेपाल आयल निगमको रिक्त विज्ञ सदस्यका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट विज्ञ सदस्य नियुक्ति गर्न भन्दै सात दिनको म्याद दिएर दरखास्त आह्वान गरेको हो । 

यसैबीच हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि १२ जना उम्मेदवारको दरखास्त स्वीकृति भएको छ । महाप्रबन्धक छनोट सिफारिस समितिले उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने, दिनेशकुमार यादव, नवीनकुमार कर्ण, वसन्तकुमार पाण्डे, भरत रेग्मी, भूपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, रामकिसुन गिरी र सन्तोषकुमार तामाङको दरखास्त स्वीकृत गरेको हो ।