१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार : मन्त्री गहतराज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्। त्रिशूली नदीमा भएको १९औँ हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगितामा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको बताए।

उनले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्योगसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन्। नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताए। र्‍याफ्टिङलगायत अन्य जलाशययुक्त खेलमा काठमाडौंबाट नजिक रहेका त्रिशूली, सुनकोसी र भेटेकोसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गरिने उनले बताए।

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ खेलाडीको क्षमता विकास गर्दै जानुपर्ने बताए । उनले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासका लागि पर्यटन बोर्डले विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए।