१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका प्योङयाङ
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, प्योङयाङ
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्ने बताएकाे कोरियाली केन्द्रीय समाचार एजेन्सीले उल्लेख गरेको छ। नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गरेका हुन्।

फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भू–उपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति किमले सन्तुष्टि व्यक्त गरेका बताइएको छ। उनले भू–उपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि  महत्त्वपूर्ण कामका रूपमा उल्लेख गरेका छन्। किमका अनुसार सैन्य उपग्रहहरू विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बलहरूलाई यसको विरुद्ध सैन्य कारबाहीहरूको वास्तविक समयमा जानकारी प्रदान गर्नु हो।

पार्टी केन्द्रीय समितिले पञ्चवर्षीय योजना (२०२१-२०२५)को अवधिमा धेरै सैन्य उपग्रहहरूलाई सूर्य–सिंक्रोनस ध्रुवीय कक्षमा विविध रूपमा राख्ने राष्ट्रिय एरोस्पेस विकास प्रशासनको निर्णय समावेश छ। रासस/एएनआई