१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३१:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधबारदेखि हटाइएको हो।

श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले डेस्क हटाउन निर्देशन दिएका हुन्। श्रम डेस्क हटाउन मन्त्री श्रेष्ठसहितका अधिकारीहरू विमानस्थल पुगेका थिए। न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले श्रमिकहरू श्रम डेस्कमार्फत जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनुपरेको बताए । अब श्रमिकहरू सहज रूपमा विमानस्थल प्रवेश गर्न सक्ने उनको भनाइ छ।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ। विमानस्थल प्रवेश गर्ने श्रमिकहरूले अब तीनवटै प्रवेशद्वारबाट प्रवेश गर्न पाउनेछन्।