१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार o६:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई जनरल इन्स्योरेन्सले सुरु गर्‍यो थप दुई सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o६:२६:oo

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दुई नयाँ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आइजिआई हेल्थप्लस र आइजिआई इजी क्यासलेस क्लेम सेटलमेन्ट नामक दुई योजना सञ्चालनमा ल्याएको हो ।  कम्पनीले ल्याएको हेल्थप्लस बिमालेखमा परिवारको सम्पूर्ण सदस्यको एउटै बिमालेखअन्तर्गत दुर्घटना बिमा, औषधि उपचार बिमा र घातक रोग बिमा समावेश भएको जनाइएको छ । जसअनुसार बिमालेख अवधिभर कुनै पनि समयमा बिमित सदस्यहरूलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरिक अंगभंग हुन गएमा बिमालेखमा उल्लिखित पाँच लाखदेखि १५ लाख रुपैयाँसम्मको बिमा सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

त्यस्तै, बिमालेखको अधीनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारका लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च एक लाखदेखि पाँच लाख रुपैयाँसम्म नगदरहित वा शोधभर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिने जनाइएको छ । घातक रोगअन्तर्गत बिमलेखाको अधीनमा रही बिमा अवधिभित्र बिमालेखमा उल्लिखित वा कुनै प्रकारका घातक रोगका लागि करार जारी भएको ९० दिनको प्रतीक्षा अवधिपश्चात् बिमित सदस्यहरूलाई कुनै घातक रोगहरू लागेको चिकित्सकबाट प्रमाणित भएमा बिमांक रकम पाँच लाख रुपैयाँ तुरुन्त भुक्तानी गरिने जनाइएको छ । 

यसका लागि परिवारको हकमा श्रीमान्–श्रीमती र सन्तान समेटिने उल्लेख छ । सन्तानको उमेर दुई वर्षदेखि २४ वर्षसम्म, अविवाहित तथा रोजगारी नभएको हुनुपर्ने सर्त रहेको कम्पनीले जनाएको छ । ५० वर्षभन्दा माथिका व्यक्तिको घातक रोगविरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेस गर्नुपर्ने, बिमालेख जारी गरिएको मितिले औषधि उपचार बिमाअन्तर्गत ३० दिनको, घातक रोगका लागि ९० दिनको र म्याटर्निटीका लागि नौ महिनाको वेटिङ पिरियड लाग्नेलगायतका सर्त रहेको कम्पनीले जनाएको छ । 

त्यस्तै, क्यासलेस क्लेम सेटलमेन्टअन्तर्गत आइजिआई जनरल इन्स्योरेन्स कम्पनीबाट आफ्नो निजी सवारीसाधनको बिमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा सहज सेवा प्रदान गर्ने उल्लेख छ । यसका लागि गुह्येश्वरीमार्गको स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा विभिन्न सेवा दिने योजना रहेको छ । यससम्बन्धी सम्झौतामा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । हाललाई काठमाडौं उपत्यकामा मात्र लागू गरिएको यो योजनामा क्षतिग्रस्त सवारीसाधनको विवरण रजिस्टर गरेपछि दुर्घटनास्थलबाट स्पार्क अटोकेयरसम्म तानेर लानुपर्ने भएमा कम्पनीले नै २४ घन्टाभित्र लगिदिने उल्लेख छ । 

सर्भिस सेन्टरमा पुर्‍याएपश्चात् दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारीधनीलाई कुन मितिमा सवारीसाधन फिर्ता गर्ने हो, सो मितिको जानकारी दिइने उल्लेख छ । मर्मत–सम्भारपश्चात् बिमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सीधै सर्भिस सेन्टर कम्पनीलाई भुक्तानी गर्ने तथा सीमाभन्दा माथिको रकम सम्बन्धित सवारीसाधनधनीले भुक्तानी गर्ने गरी सोको जानकारी सवारीधनीलाई गराइने उल्लेख गरिएको छ । मर्मत सम्पन्न भएपछि कम्पनीले नै सवारीसाधनधनीको घरसम्म पु¥याउने व्यवस्था भएको जनाइएको छ ।