मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १८ बिहीबार
  • Thursday, 01 June, 2023
सौरभ यादव सप्तरी
२०७८ फाल्गुण २३ सोमबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलेठ घटनाको पाँच वर्ष, राजविराज नगरपालिकामा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७८ फाल्गुण २३ सोमबार १२:५२:००

सप्तरीको मलेठमा भएको घटनाको सोमबार पाँच वर्ष पूरा भएको छ ।  पाँच वर्षअघि आजैका दिन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीको आह्वानमा नेकपा (एमाले)को मेची–महाकाली अभियानको विरोधमा उत्रिएका प्रदर्शनकारीसँग मलेठमा झडप भएको थियो । अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको थियो ।

सो घटनामा ज्यान गुमाएकाहरूको स्मृति एवं सम्मानमा राजविराज नगरपालिकाले आज  सार्वजनिक बिदा दिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले  सहिदको सम्मानमा बिदा दिने निर्णय गरिएको बताए । नगरपालिकाले विज्ञप्ति जारी गरी सहिदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालयलाई अनुरोध गरेको छ ।