मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
निरञ्जन मैनाली
Invalid date format o८:३४:oo
Read Time : < 1 मिनेट
ब्लग प्रिन्ट संस्करण

निजगढ विमानस्थल छिटो अघि बढाऊ

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली
नयाँ पत्रिका
Invalid date format o८:३४:oo

विभिन्न सञ्चारमाध्यममा निजगढ विमानस्थलको समाचार पढ्दा र सुन्दा हामी बारावासी ज्यादै हर्षित भएका थियौँ । हवाई क्षेत्र, जमिनको उपलब्धता र जनसंख्यालगायत आधारमा निजगढलाई सबैभन्दा उपयुक्त स्थानका रूपमा छनोट गरिएको थियो । दलहरूले पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र काठमाडौँ–तराई दु्रतमार्ग चार वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता घोषणापत्रमा पनि समेटेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा यी राष्ट्रिय गौरवका आयोजनामा खासै प्रगति भएन । विमानस्थलका लागि २४ लाख रुख काट्नुपर्ने हौवा पनि फिँजाइयो । परिणामतः वातावरणविद्ले १७ माघ २०७६ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । हालसम्म पनि मुद्दा किनारा लागेको छैन । 

प्रस्तावित निजगढ विमानस्थल मुलककै लागि आर्थिक, सामाजिक रूपान्तरणमा कायापलट गर्न सक्ने परियोजना हो । हाल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र पर्यटनमन्त्री प्रेम आलेलगायतको टोलीबाट विमानस्थल निर्माण हुने क्षेत्रको भ्रमण गरेपश्चात बाराका जनता पुनः आशावादी भएका छन् । यसलाई छिटो पूर्णता देऊ । 

कोल्हबी, बारा
हाल : काठमाडौं