१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रोटोन एक्स–५० नेपालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o३:oo

प्रोटोनको कम्प्याक्ट एसयुभी ‘प्रोटोन एक्स–५०’ नेपालको सडकमा गुड्न थालेको छ । मलेसियन कार निर्माता प्रोटोनको नयाँ प्रिमियम कम्प्याक्ट एसयुभी नेपाली बजारका लागि नयाँ खण्ड निर्माण गर्न सहज हुने कम्पनीले विश्वास लिएको छ । चालकहरूका लागि निकै सहज हुने मानिएको यो गाडी विभिन्न चार संस्करणहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसमा पुस–स्टार्ट, ३०६ डिग्री क्यामरा, आठ स्पिकर, आठ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, आपत्कालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू जडान गरिएका छन् ।

प्रोटोन एक्स–५० मा उपयोगी अटोपार्क सुविधासमेत रहेको कम्पनीले बताएको छ । जसले गर्दा पार्किङमा सहज हुने विश्वास छ । नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले प्रोटोनका विभिन्न कारहरू बिक्री गर्दै आइरहेको छ । 

ad
ad