१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस्नेतको अध्यक्षतामा नेपाल पूर्वाधार पत्रकार समाज गठन, यस्तो छ ११ सदस्यीय कमिटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । जीवन बस्नेत (नयाँ पत्रिका)को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोस्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा क्रमशः बिमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टिभी), दीपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुङ्गाना (अर्थ टिभी), संचिता घिमिरे (राष्ट्रिय समाचार समिति) रहेका छन् । संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा दर्ता गरिएको छ । 

पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर संस्था दर्ता गरिएको हो । ‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरूको दक्षता अभिवृद्धि गर्ने मञ्चको रूपमा संस्थालाई अघि बढाउने उद्देश्य हो,’ नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भने,’ विकास निर्माणका विभिन्न क्षेत्रहरू छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरूको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’