१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी कार्यान्वयनमा आए नेपाल  इराक, सिरिया र अफगानिस्तानजस्तो हुन्छ : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरू इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिएका छन् ।

संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना वाम राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा विरोध प्रदर्शनमा उनले एमसिसी राष्ट्रधाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपिल गरे ।

अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरूले प्रतिस्पर्धा गरेर एमसिसीजस्तो राष्ट्रघाती सम्झौता पारित गराएको आरोप लगाए ।

उनले भने, ‘अमेरिकी आर्शिवाद लिएर चुनाव जित्नका लागि ठूला दलहरूले एमसिसी संसदबाट पारित गराउन प्रतिस्पर्धा गरे । देशको हितमा हाेइन । नेपाली जनताको हितमा होइन । राष्ट्रियताको संरक्षण गर्न होइन । त्यसको सौदाबाजी गरेर आज मुलुक अप्ठ्यारो स्थितिमा गएको छ ।’