१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुटपाटमा संलग्न आठजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:३७:oo

नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौं महानगरपालिका– १६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शंकर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन्।

पक्राउ परेका उनीहरूले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउन्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए। पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकताको प्रमाणपत्र, पाँच एटिएम कार्ड र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ।

ad
ad