१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलासका सबै मुद्दामा सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:३२:oo

सर्वोच्च अदालतमा पाँच महिनापछि तोकिएको संवैधानिक इजलासका सबै मुद्दामाथि सुनुवाइ भएको छ। आजका लागि ६ मुद्दामा पेसी तोकिएको थियो। तीमध्ये तीन मुद्दामा कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी नहुने आदेश गरेको छ भने तीन मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

असोज १३ पछि संवैधानिक इजलास अवरुद्ध बन्दै आएकोमा शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए। इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडालाई समावेश गरिएको थियो।  

महाभियोग दर्तापछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादमा तानिएपछि लामो समय इजलास बस्न सकेको थिएन। फागुन १ मा प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता भएपछि कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको नेतृत्व सम्हालेका थिए।

ad
ad