१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस/सिन्ह्वा वासिङ्टन
२o८१ बैशाख २२ शनिबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सवारी दुर्घटनामा अमेरिकामा एक वर्षमा ४६ हजारको मृत्यु    

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख २२ शनिबार o९:o१:oo

सवारी दुर्घटनामा परी अमेरिकामा गत वर्षभरिमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक गरेकाे प्रतिवेदनअनुसार सन् २०२१ भरिमा ४६ हजार २० जनाको मृत्यु भएको हो ।

परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार तीन सय ३९ जनाको मृत्यु भएकाे प्रतिवेदन सार्वजनिक गरेकाे थियाे ।  अहिले दुर्घटनामा परी मृत्यु हुनेहरूको संख्या बढेको परिषद्ले जनाएकाे छ । त्यसैगरी सन् २०१९ मा भने ३९ हजार एक सय सात जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ ।  

‘वार्षिक तथ्यांक हेर्दा हामी नराम्रो अवस्थातिर गइरहेको देखिएको छ, त्यसैले सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको छ,’ परिषदद्वारा जारी वक्तव्यमा लेखिएको छ ।     

ad
ad