१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:२१:oo

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि भएको छ। वडा नम्बर १५ र १७ मा स्थानीय व्यक्तिले घरमा पालेका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. गृष्म न्यौपानेले जानकारी दिए।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ पशु विकास अधिकृत डा. न्यौपानेका अनुसार पोखरा १५ का खुसीमान गुरुङको घरमा पालिएका र पोखरा १७ का खेमबहादुर क्षेत्रीको घरमा पालिएका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। 

उक्त क्षेत्रमा दैनिक कुखुरा मर्न थालेपछि ६ फागुनमा गुरुङले परीक्षणका लागि ल्याएको कुखुरा आरडिटी परीक्षणमा पजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा १५ फागुनमा बर्डफ्लु पुष्टि भएको हो। उनीसँगै क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो। उनको कुखुरामा समेत बर्डफ्लु पुष्टि भएको छ।

कुखुरा र हाँस पालेको ठूलो फर्ममा नभई किसानले आवासीय क्षेत्रमा घरमै पालेको कुखुरामा संक्रमण पुष्टि भएको र सतर्कता अपनाइएकाले ठूलो क्षेत्रको पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्नु नपर्ने बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. न्यौपानेले जानकारी दिए। 

‘रेसिडेन्टल एरियामा किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु देखिएको हो। त्यसलाई नियन्त्रण गर्न हामीले चारकिल्ला निर्धारण गरेर अब नष्ट गर्ने कामलाई अगाडि बढाउँदै छाैँ, त्यसैले यसलाई नियन्त्रणमा लिन समयमै सतर्कता अपनाइएकाले समस्या नपर्ला,’ उनले भने। 

उनका अनुसार वडा नम्बर १७ को उत्तरतर्फ हिमाल डेरीतर्फको सडक, पूर्वतर्फ त्यसको कम्पाउन्ड र वाल, दक्षिणतर्फ पिसिजी गरिएको बाटो र पश्चिमतर्फ हाम्रो मल्टिप्रपोज कृषि फर्मको बाउन्ड्रीको चार किल्ला क्षेत्रभित्रका किसानले पालेका पक्षी (हाँस, कुखुरा, परेवा) र पक्षीजन्य पदार्थ (मासु, अन्डा, दाना र सुलीलगायत) नष्ट गरिनेछ। 

यसैगरी, वडा नम्बर १५ को अलकापुरी टोलबाट उत्तरतर्फ ऋषि मार्ग, पूर्वतर्फ सिर्जना मार्ग, दक्षिणतर्फ ताङवे समाज जाने बाटो र पश्चिमतर्फ सेती नदीसम्मको क्षेत्रलाई चारकिल्ला निर्धाण गरेर किसानले पालेका पक्षी (हाँस, कुखुरा, परेवा) र पक्षी जन्य पदार्थ (मासु, अन्डा, दाना र सुलीलगायत) नष्ट गरिनेछ।   

डा. न्यौपानेले उक्त क्षेत्रमा बुधबारदेखि २७ फागुनसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको बताए ।
 

ad
ad