मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १७ मंगलबार ०९:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तामाङ समूहको कुटपिटबाट  दोलखाका व्यवसायी ठकुरी घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १७ मंगलबार ०९:४७:००

गुन्डा नाइके शुक्र तामाङ समूहको कुटपिटबाट दोलखा चरिकोटका ३८ वर्षीय नारायण ठकुरी घाइते भएका छन् । कुटपिटमा संलग्न तामाङ कांग्रेस दोलखा प्रदेश ‘क’का क्षेत्रीय सभापति हुन् । दोलखा भीमेश्वर किराँती छापस्थित सडकमा तामाङको समूहले व्यवसायी ठकुरीलाई आइतबार राति कुटपिट गरेको थियो । कुटपिटबाट ठकुरीको शरीर र टाउकोमा गम्भीर चोट लगेको छ । घाइते ठकुरीको दोलखा अस्पालमा उपचार भएको थियो । उनलाई तामाङ समूहले सडक छेकेर कुटपिट गरेका प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी गंगा पौडेलले केही व्यक्तिबाट ठकुरी कुटपिट भएको र घटनामा संलग्नको खोजी भइरहेको बताए । ‘केही व्यक्तिहरूबाट चरिकोट निवासी नारायण ठकुरी कुटपिटमा परेको जाहेरी आएको छ । घटनास्थल तथा घाइतेको चेकजाँच भएका छन् । कुटपिटमा संलग्नविरुद्ध खोजीकार्य जारी छ,’ उनले भने ।

प्रहरीका अनुसार घाइेत ठकुरी आइतबार साँझ दोलखास्थित गैरीमुदीबाट चरिकोट फर्कंदै थिए । तामाकोसी आइपुगेपछि ठकुरीलाई तामाङको समूहले पछ्याउँदै आएको थियो । करिब तीन किलोमिटर यात्रा तय भएपछि सडक अवरुद्ध गरेर तामाङको समूहले ठकुरीलाई रोकेका थिए । गाडीबाट झर्न नपाउँदै आफूमाथि कुटपिट भएको ठकुरीले बताए ।

‘मसहित चारजना गैरीमुदीबाट चरिकोट आउँदै थियौँ । यही क्रममा अज्ञात समूहले हामीलाई फलो गर्‍यो । हामी भाग्दै जाने क्रममा उनीहरूले सडकमा मोटरसाइकल र गाडी तेस्र्याए । गाडी रोकेर म सडकमा झरेँ । सबैले मास्क लगाएका रहेछन् । यहीबीचमा उनीहरूले मलाई कुटपिट गरे । एउटाको मास्क खुल्यो । हेर्दा शुक्र तामाङ रहेछन् । न्याय पाउने आशमा जाहेरी दिएको छु,’ उनले भने ।