१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरूमार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रियो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२९:oo

सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरूमार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संसदीय समितिमा यस्तो जानकारी दिएकी हुन् । 

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा रेग्मीले अघिल्लो आर्थिक वर्षमा करिब ९ अर्ब रुपैयाँ मात्रै विदेशी सहयोग आएको स्मरण गरिन् । रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालयबीचमा काम गर्ने सवालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्वार प्रणाली लागू गरेको बताइन् । 

मन्त्री रेग्मीले भनिन्, ‘म आउनुभन्दा पहिला वैदेशिक सहयोग झन्डै नौ अर्ब भित्रिएको थियो । मैले कार्यभार समालेको दिनदेखि चार महिनामा २९ अर्ब जति वैदेशिक सहयोग भित्रिएको अवस्था छ । बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदबीच डुब्लिकेसनले गर्दा लिङगरिङ भएर एक वर्षमा ६ महिना परियोजनाहरू त्यतिकै थाती बसेको अवस्था थियो । अहिले म मन्त्री भएर आएपछि निकास भएर सकेसम्म धेरैभन्दा धेरै छिटो काम गरिरहका छौँ । तर दुईवटा निकायमा उस्तै उस्तै डुब्लिकेसन भएको हुनाले अलि अप्ठ्यारो अवस्था छ । त्यस कारणले एकद्वार प्रणालीअनुसार काम हुनुपर्छ । छिटो छरितो हुनुपर्छ । दातृ संस्थाहरूले हाम्रो मुलुकको लागि केही दिँदै छन् भने हामीले अप्ठेरो पर्ने काम गर्नुहुँदैन । गलत उद्देश्यबाट आएको छ भने त्यसलाई चेक पनि गर्नुपर्छ । तर हाम्रो मुलुकमा आउने हाम्रै गाउँघरमा जाने पैसा छ भने त्यसलाई झन्झटिलो प्रक्रियालाई समाप्त गरेर छिटो छरितो बनाउनुपर्छ ।’

बैठकमा माओवादी केन्द्रका दिनानाथ शर्माले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराए । गैरसरकारी संस्थाहरूमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उनले नियमन गर्नुपर्नेमा जोड दिए । 

कांग्रेसका  रमेशजंग रायमाझीले अहिले समाजकल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाए । उनले पछिल्लो चार महिनामा २९ अर्ब वैदशिक सहयोग कसरी आयो भन्दै मन्त्री रेग्मीलाई प्रश्न गरे । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरूको यकिन तथ्यांक नभएको बताए ।

ad
ad