१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे गठबन्धनमा भएका प्रयास सकारात्मक : शक्ति बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १७:o८:oo

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एमसिसी विषय एक प्रभाव अनेक बनेर आएको बताएका छन्। संसद् बैठकमा बोल्दै उनले यसको प्रभावको विषयलाई लिएर देश नै विभाजित बन्न पुगेको उनले बताए। ‘बहुपक्षीय सन्दर्भहरू छन्। यो आर्थिक दायित्व मात्रै हो कि अरू दायित्वहरू सिर्जना हुन्छन् कि हुँदैनन्? यसबारे जनस्तरमा उठेका विषयलाई गम्भीर रूपमा बहसको आवश्यकता छ। राष्ट्र ध्रुवीकृत भएको अवस्थामा तथ्यपूर्ण रूपमा बहस हुनु आवश्यक छ। गठबन्धनमा भएका केही प्रयासले यसलाई केही हदसम्म सकारात्मक बनाएको छ,’ उनले भने। 

यसमा राजनीतिक र शैन्य नीति हामीलाई स्वीकार्य हुँदैन भन्न हिच्किचाउन नहुने उनले बताए। स्वतन्त्र परराष्ट्र नीतिलाई हामीले व्यावहारिक कार्यान्वयन गर्नुपर्ने उनले बताए। यस विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने उनको भनाइ छ।