१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
मरवान बिसारा
२o८१ जेठ १३ आइतबार o८:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन अतिक्रमणसँगै शीतयुद्ध–२ सुरु 

रुसले वासिंगटनका झेली र बदमासी राम्रैसँग सिकेको छ भन्नेमा दुई मत नरहे पनि उसले वासिंगटनका कमजोरी र असफलताबाट पाठ सिकेको भने देखिँदैन 

Read Time : > 2 मिनेट
मरवान बिसारा
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:५९:oo

धाबा बोलाइसँगै सुरु भएको युक्रेनमाथिको रुसी अतिक्रमणले दुवै मुलुक र विश्वलाई अकल्पनीय प्रभाव पारेको छ । छिमेकी मुलुकमा बम खसाल्दै गर्दा वास्तवमा रुसले आफ्नो रणनीतिक शत्रु अमेरिकालाई निसाना बनाइरहेको छ । यो विगत दुई दशकमा रुसी सैन्य प्रक्षेपणका शृंखलामा सबैभन्दा नौलो र गम्भीर हमला हो । र, हमला विश्वभरि हुने अमेरिकाका सैन्य गतिविधिभन्दा भिन्न छैन । हंगेरीमा सन् १९५६, चेकोस्लोभाकियामा सन् १९६८ र अफगानिस्तानमा सन् १९७९ मा सोभियत संघले गरेको हस्तक्षेपको शीतयुद्धकालीन शक्ति उन्माद मस्कोको अहिलेको युक्रेन अतिक्रमणमा दोहोरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका कथनी हेर्ने हो भने शक्ति उन्मादको प्रदर्शनमा रुस सुरुवाती चरणमै रहेको छ ।

हालैका भाषणमा पुटिनले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको अधिकारलाई चुनौती दिएका छन्, जसले युक्रेन मामिलामा रुसी हस्तक्षेपका लागि थप मार्ग प्रशस्त गरेको छ । गत साता दोनेत्स्क र लुहान्स्कलाई गणतन्त्रको मान्यता दिएपछि रुसी राष्ट्रपतिले पूर्वी युक्रेनमा ‘शान्ति सेना’ तैनाथ गराएका थिए । लगत्तै उनले ‘विशेष सैन्य कारबाही’को आदेश दिएका छन्, जसले राजधानी किभसहित युक्रेनभरि सैन्य मिसनलाई विस्तारित गरेको छ । नतिजा पश्चिमा शक्तिले रुसको अतिक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भनेर निन्दा गरेका छन् र रुसविरुद्ध कडा प्रतिबन्ध लगाएका छन् । यो सुरुवात मात्रै हुन सक्छ पश्चिमा जगत् रुसबाट थप टाढिन सक्छ । तर, मस्को अविचलित देखिन्छ । इतिहास हेर्ने हो भने रुसजस्ता ठूला शक्ति जतिसुकै कठोर प्रतिबन्ध लागे पनि प्रमुख राष्ट्रिय सुरक्षा स्वार्थ पछ्याउने विषयमा विचलित हुँदैनन् । र, जब प्रतिबन्धले रुसलाई प्रभावित पार्न थाल्छ, मस्को थप उग्र हुने देखिन्छ । 

धेरै विषय चीनमा निर्भर हुनेछन् र रुसलाई पश्चिमा प्रतिबन्धको सामनाका लागि चिनियाँ तत्परतामा निर्भर हुनुपर्ने छ । अघिल्लो महिना बेइजिङ भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सी जिनपिङले नेटो विस्तारविरुद्ध संयुक्त वक्तव्य जारी गरेका थिए । रुसले अतिक्रमण गरेपछि चिनियाँ सरकारका प्रवक्ताले अतिक्रमण शब्द प्रयोग गरेनन्, बरु दुवै पक्षलाई ‘संयम’ रहन आग्रह गरे । युक्रेनमा रुसी अतिक्रमणको प्रभावलाई आँकेर चीनले ताइवानलाई आफूमा गाभ्ने–नगाभ्ने भन्नेमा विचार गर्नेछ । पुटिनले युक्रेनलाई कृत्रिम राज्य भनेझैँ चीनले पनि ताइवानलाई राज्यको रूपमा स्विकारेको छैन ।

पुटिन युक्रेनी सार्वभौमसत्ताको निरन्तर उल्लंघनलाई जायज ठह¥याउन वासिंगटनकै विगतका तर्क दोहो¥याइरहेका छन् । जसरी पश्चिमले क्रोएट्स, स्लोभेन्स, म्यासेडोनियन र बोस्नियालीलाई ९० को दशकमा युगोस्लाभियाको विभाजन हुँदाको समयमा आत्मनिर्णयको अधिकारलाई मान्यता दिएको थियो, त्यसैगरी अहिले छुट्टिएका क्षेत्रलाई मस्कोले आत्मनिर्णयको अधिकारका आधारमा मान्यता दिएको बताएको छ । र, जसरी अमेरिका र युरोपेली सहयोगीले राष्ट्र संघद्वारा निर्देशित ‘सुरक्षाको जिम्मेवारी’ अर्थात् (आरटुपी) सिद्धान्तका नाममा लिबियाजस्ता राज्यमा आफ्नो ‘मानवीय’ हस्तक्षेपलाई जायज ठह¥याए, ठीक त्यसैगरी रुसले युक्रेनमा आफ्नो हस्तक्षेपलाई जायज ठह¥याउन ‘नरसंहार’ रोकिरहेको दलिल दिइरहेको छ ।

युक्रेनले आणविक हतियार बनाउने र युक्रेन रुसका लागि खतरा बन्ने पुटिनको अत्यधिक उपद्रवी दाबी वासिंगटनले सन् २००३ ताका इराकमा सद्दाम हुसेनले विनाशका हतियार निर्माण गरिरहेको भन्ने दाबीजत्तिकै हास्यास्पद छ । स्मरण रहोस्, इराक हमला हुनुअघि तत्कालीन सिनेटर बाइडेनले हमलालाई समर्थन गरेका थिए । पुटिनले पूर्वी–युक्रेनका गणतन्त्रलाई मान्यता दिनु तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले कब्जा गरिएका सिरियाली भूभाग गोलन हाइट्स र प्यालेस्टाइनको पूर्वजेरुसेलम इजरायली सार्वभौमसत्तामा पर्ने अवैधानिक मान्यता दिनु एउटै हो र हालका राष्ट्रपति बाइडेनले पनि ट्रम्पको वैधानिकतालाई समर्थन गर्छन् । र, युक्रेनमा सरकार परिवर्तनका लागि रुसको सम्भावित प्रयासले हालै भेनेजुएलासहितका मुलुकमा भएको अमेरिकी प्रयत्नलाई पछ्याएको देखिन्छ । रुसले वासिंगटनले गर्ने गरेको झेली र बदमासी राम्रैसँग सिकेको छ भन्नेमा दुई मत रहेन, तर वासिंगटनका कमजोरी र असफलताबाट पाठ सिकेको भने देखिँदैन । वास्तवमा अमेरिकाले पनि आफ्नो गल्तीबाट पाठ सिकेको छैन । 

केहीले अमेरिकी लोकतन्त्र र रुसी निरंकुशतालाई एकै कोणबाट हेर्नु असमान तुलना भन्ने दाबी गर्छन् । एक उदार लोकतन्त्रको पक्षधर भएकाले लोकतन्त्रमा निरंकुशताभन्दा बढी जवाफदेहिता हुन्छ भन्नेमा म विश्वस्त छु । तर, जब विदेश मामिलाको विषय आउँछ, ऐतिहासिक रूपमा विश्व मञ्चमा प्रमुख शक्तिको व्यवहार मूलतः भूराजनीतिक एवं रणनीतिक महत्वाकांक्षा र आवश्यकताद्वारा संचालित हुन्छन् न कि शासन प्रणालीबाट । विगत एक वा दुई शताब्दीदेखि पश्चिमा लोकतन्त्रले विशेषतः औपनिवेशिक र साम्राज्यवादी शक्ति बनेर अवाञ्छनीय व्यवहार गरेका छन् भनेर तर्क गर्न सकिन्छ । तर, सोभियत संघ र उत्तराधिकारी रुसी महासंघले पनि आफ्ना छिमेकीप्रति हिंसात्मक व्यवहार गरेको छ ।

दुःखको विषय शीतयुद्धको अन्त्य भएदेखि रुस र अमेरिकाले मूलतः आफ्नो उदाहरणको शक्तिले नभई शक्तिको उदाहरणबाट नेतृत्व गरेका छन् र अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षाको प्रक्रियालाई कमजोर बनाएका छन् । सही उद्देश्यका लागि गलत बाटो र गलत उद्देश्यका लागि सही बाटो अर्थात् शान्ति एवं स्थायित्वका लागि विध्वंसकारी युद्ध र विपन्न मुलुकलाई आर्थिक एवं सामरिक सहयोग गरेर तानाशाह जन्माउने काम गरेका छन् । शीतयुद्धका वेलाझैँ शक्तिकेन्द्रले आफ्नै संकीर्ण स्वार्थलाई प्रवद्र्धन गर्नमै तीन दशक खेर फालेका छन् र यसबीच अर्को शीतयुद्धको परिस्थिति जन्मिएको छ । यो शीतयुद्ध युरोप मात्र नभई विश्वकै लागि अँध्यारो युग हुनेछ । अल जजिराबाट  

ad
ad