
युक्रेनमा रहेका १९३ नेपाली नागरिक सुरक्षित रहेको त्यहाँ स्थित नेपाली दूताबासले जानकारी दिएको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दूताबासले युक्रेनमा उत्पन्न पछिल्लो संकट पछि त्यस मुलुकका विभिन्न शहरमा रहेका नेपालीहरुको स्थितको बारेमा दूताबासले निरन्तर सम्पर्क गरिरहेको र १९३ नेपाली सम्पर्कमा रहेको बताएको छ ।
दूताबासले युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताका आधारमा आफ्नो मुलुकमा प्रवेशका लाग नाका खुला गरेको पनि दूताबासले जनाएको छ । सुरक्षित तवरले ति नाका हुँदै नेपाल फर्किन पनि सबै नेपालीहरुलाई दूताबासले अनुरोध गरेको छ ।