१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सात महिनासम्म हाजिर नगरी कर्मचारीले तलब बुझे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:oo:oo

हुम्लाको अदानचुली गाउँपालिकाका कर्मचारीले हाजिर नै नगरी तलब बुझ्दै आएको भेटिएको छ । अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेलले वैशाख महिनादेखि हाजिर नै गरेका छैनन् । वैशाखदेखि कार्यालय नटेकी उनले तलब बुझ्दै आएको भेटिएको हो । 

 ०७८ साल वैशाख महिनादेखि फागुन महिनाको १२ सम्म पनि कार्यालयमा हाजिर छैन । निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्रै नभई लेखापाल दत्तबहादुर थापाको पनि भदौ महिनादेखि कार्यालयमा हाजिर छैन । लेखापाल थापा  र अधिकृत प्याकुरेल दुई वर्ष लेखा परीक्षण गर्ने बहानामा सुर्खेतमा बस्दै आएका छन् । जहाँ गाउँपालिका अध्य‍क्ष दल फडेरा जान्छन्, लेखापाल र निमित्त प्रमुख उतै जाने गरेपछि गाउँमा विकास निर्माणको कामलाई समेत असर परेको एकजना स्थानीयवासीले जानकारी दिए । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेलका अनुसार तीनवटा हाजिर फाइल छन् । 

कार्यालय सहयोगीले महिना नबित्दै हाजिर गरे
अदानचुली गाउँपालिका कार्यालय सहयोगी मोतिलाल दानीले फागुन महिना नसकिँदै ३० गतेसम्मको हाजिर गरी घरमै बस्दै आएका छन् । अहिले फागुन १३ गते । तर,  दानीले पहिले नै फागुनको अन्तिमसम्मको हाजिर गरेका छन् । गाउँपालिका अध्यक्ष दल फडेरा र उपाध्यक्ष सौमती ऐडी नेकपा एमालेको जिल्ला अधिवेशनमै व्यस्त देखिएका छन् । सात महिनासम्म गाउँपालिका बन्द गरी कार्यालयमा कर्मचारी नबस्नुले सरोकारवाला निकायको ध्यान केन्द्रित भएको छ । 
 

ad
ad