मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन लाखबराबरका मलेसियन कुखुरा र हाँसको बोनलेस मासु बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

बाँके प्रहरीले मलेसियन कुखुरा र हाँसको बोनलेस तयारी मासु बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको तीन लाख मूल्यबराबरको हाँस र कुखुराकाे बोनलेस तयारी मासु बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले बताए । 

इन्चार्ज खड्काले भन्सार र क्वारेन्टाइन नगरेको तयारी मासु जानकी गाउँपालिका–१,साइगाउँ नजिकबाट बरामद गरेको जानकारी दिए । ‘भारतबाट नेपालगन्ज ल्याउँदै गरेको बेवारिसे अवस्थामा रहेको कुखुरा र हाँसको बोनलेस तयारी मासु मलेसियन भएको पुष्टि भएको छ,’ उनले भने । उनले ९ वटा कार्टुनमा चार क्विन्टल ५ किलो ब्रोइलर कुखुरा र पाँच कार्टुनमा रहेको एक क्विन्टल ४० किलो हाँसको बोनलेस तयारी मासु बरामद भएको बताए । ‘प्याकिङमा प्रोडक्ट अफ मलेसिया लेखेको छ । यसले उक्त मासु मलेसियाबाट भारत र भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएको देखिन्छ,’ उनले भने । 

तस्करहरू प्रहरीलाई देखेर मासु छोडेर भागेको खड्काले बताए । बेवारिसे अवस्थामा बरामद भएको तयारी मासु आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा बुझाएको उनले बताए ।