मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली हो : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार १६:२४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको बताएका छन्।

नेपाल मतदाता अधिकार मञ्चको निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहितको ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले यस्तो बताएका हुन्। वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि पार्टीले निरन्तर आवाज उठाउँदै आएको बताए।

‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,’ उनले भने, ‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।’ जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए।

मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै उनले यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरूलाई बुझाएर मात्र पूरा नहुने प्रस्ट्याए। परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने, ‘परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेन्डा सफल हुनेछन्।’