१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणा गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:२६:oo

बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको छ । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेपछि बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । उनका अनुसार बाँकेका ५६ हजार आठ सय ९६ घरधुरीले विद्युत् जडान गरेको छ । नरैनापुर गाउँपालिकाबाहेक अन्य पालिकाका सबै घरधुरीमा विद्युतीकरण भइसकेको उनले बताए ।

नरैनापुरका केही गाउँ बाँकी भएका कारण पूर्ण विद्युतीकरण घोषणा गर्न नसकिएको उनको भनाइ छ । ‘९५ प्रतिशत जनतामा विद्युत् सेवा पुगे पूर्ण विद्युतीकरण घोषणा गर्न सकिन्छ, नरैनापुरका केही गाउँमा विद्युत् सेवा पुर्‍याएर घोषणा गर्छौँ,’ उनले भने । साबिकका बैजापुर र बिनौना गाविसका सबै घरमा विद्युत् सेवा पुगेको उनको भनाइ छ । ‘दुई महिनाभित्र नरैनापुर गाउँपालिकाका सबै घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्य छ,’ उनले भने । 

भारतीय विद्युत् कटौती गर्दै प्राधिकरण
भारतबाट विद्युत् आपूर्ति घटाउँदै लगेको उनले बताए । सुक्खा सिजनमा मात्र भारतबाट विद्युत् ल्याएको बताउँदै उनले फागुनमा भारतीय विद्युत् प्रयोगमा नआएको बताए । 

माघमा अति चिसो भएका कारण भारतबाट विद्युत् ल्याएको उनको भनाइ छ । उनले पुस र माघ महिना सुक्खा सिजन भएको बताए । ‘माघ महिनामा पनि पहिलेको भन्दा भारतको विद्युत् एकदमै कम प्रयोग भएको छ । फागुनमा एक युनिट पनि भारतीय विद्युत् प्रयोग भएको छैन,’ वितरण प्रमुख प्याकुरेलले भने । 

ad
ad