Skip This
चितवनमा फेरि बर्डफ्लु देखियो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Saturday, 27 July, 2024
२o७८ फाल्गुण ११ बुधबार २o:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा फेरि बर्डफ्लु देखियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार २o:५o:oo

चितवनमा फेरि बर्डफ्लु देखिएको छ । भरतपुर–८ मा रहेको महत्तो पोल्ट्री इन्डस्टिज प्रालिमा बर्डफ्लु देखिएपछि फार्मका कुखुराहरू नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताए । 

धेरै संख्यामा कुखुरा मर्न थालेपछि फार्म सञ्चालकले कुखुराको नमुना परीक्षण गराउँदा बर्डफ्लुको एचपाइभ एनवान संक्रमण देखिएको हो। उक्त फार्ममा पाँच हजार एक सय चल्ला, ४ हजार कुखुरा र करिब १ सयको संख्यामा हाँस थिए । 

यसअघि गत २५ माघमा राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपक्षी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु देखिएपछि उक्त फार्ममा दुई हजार कुखुरासहित फार्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गरिएको थियो ।