१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
बानकी मुन
गोर्डन ब्राउन
हेलेन क्लार्क
मेरी रोबिन्सन
२o८१ जेठ ६ आइतबार o८:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड– १९ महामारीलाई कसरी इतिहास बनाउने ? 

सबैको एकताबद्ध गतिविधिबाट मात्र हामीले कोभिड– १९ महामारीलाई इतिहास बनाउन सक्छौँ । यो सम्भव छ र यही वर्ष पूरा गराउनुपर्छ 

Read Time : > 2 मिनेट
बानकी मुन
गोर्डन ब्राउन
हेलेन क्लार्क
मेरी रोबिन्सन
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o९:oo

सन् २०२२ यता कोभिड–१९ का १२ करोड ४० लाख नयाँ मामिला देखिएका छन् भने भाइरस फैलिरहेको छ, उत्परिवर्तन हुँदै छ र भाइरसले पूरा खोप लगाएका मानिसलाई पनि संक्रमण गरिरहेकै छ । विश्व गम्भीर यथार्थको सामना गरिरहेको छ अर्थात् प्रत्येक मानिसले निर्भय भई बाँच्न नपाउन्जेल सबै भयमा बाँच्न अभिशप्त छन् । यसकारण विश्वका नेताहरूले सन् २०२२ भित्रै महामारीको समाधान ल्याइसक्नुपर्नेछ ।  

यही महिना हुने जी २० का अर्थमन्त्रीहरूको बैठक, त्यसलगत्तै खोपको सर्वव्यापी उपलब्धताका लागि बस्ने संयुक्त राष्ट्र संघीय उच्चस्तरीय बैठक र मार्चमा राष्ट्रपति जो बाइडेनको वैश्विक खोप सम्मेलन गरी तीन बैठक हालको महामारी र भविष्यमा उत्पन्न हुने सम्भावित महामारी रोक्नका लागि लगानी जुटाउने उद्देश्यले आयोजना हुने भएका छन् । तर, विश्व नेताहरूले भने सुरुदेखि नै काम गर्नेछैनन् ।

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय कोभ्याक्स सुविधाले हालसम्म एक अर्ब १० करोड खोपहरू मूलतः अतिविपन्न मुलुकहरूमा वितरण गरिसकेको छ र एक्सेस टु कोभिड– १९ टुल्स एसिलेटर (एसिटी–ए)ले थप निदान र उपचार उपलब्ध गराएको छ । यद्यपि, सारा विश्वलाई लगाउन पुग्ने पर्याप्त खोप (१२ अर्ब मात्रा) उत्पादन भइसकेको र पहिलो चरणको खोपको १२ महिनापछि पनि न्यून आय भएका मुलुकमा सयमा एकजनालाई मात्रै खोप उपलब्ध भएको छ । न्यून आय भएका मुलुकमा पूर्ण मात्राको खोप लगाएका मानिस संख्या उच्च आय भएका मुलुकका तुलनामा निकै कम रहेको छ, अर्थात् पाँच प्रतिशत र ७२ प्रतिशतको भिन्नता छ । यो भिन्नताले हामी दक्षिणी गोलार्धका मानिसका जीवनको मूल्यलाई उत्तरी गोलार्धका भन्दा कमसल ठान्छौँ भन्ने देखाउँछ । यो चिकित्सकीय वा बन्दोबस्तीको असफलता मात्रै नभई नैतिक असफलता पनि हो ।  

खोपको पहुँच बढाउन, निदान र उपचार विस्तार गरेर हामीमाझ लागेको यो कलंक मेट्नका लागि एसिटिएका लागि १६ अर्ब ८० करोड डलरको रकम अनुदान आवश्यक रहेको छ । यो अनुदानबाटै संसारका ७० प्रतिशत मानिसलाई खोप लगाउने वैश्विक लक्ष्य सन् २०२२ को मध्यमा सम्भव हुनेछ । त्यसबाहेक अनुदानले १२ करोड बिरामीको उपचार गर्नेछ । प्रत्येक दिन एक हजार मानिसमा कम्तीमा एकजनाको कोभिड परीक्षण गर्न सकिनेछ र दुई करोड ७० लाख स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराएर सुरक्षित बनाउनेछ ।   

१६ अर्ब डलर ठूलो अनुरोधजस्तो देखिन्छ । तर, यो राशि ५३ खर्ब डलरभन्दा निकै कम हो, अर्थात् अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानअनुसार सन् २०२५ सम्ममा सबै मानिसलाई खोप लगाउन असफल भएको खण्डमा ५३ खर्ब डलर गुम्नेछ । र एसिटिएका सहअध्यक्ष ५५ मुलुकका प्रत्येक नागरिकले साताको शून्य दशमलव एक डलर कटौती गर्दा १६ अर्ब डलर पुग्छ र नर्वे एवं दक्षिण अफ्रिकाले अनुदानका लागि योगदान गर्न अपिलसमेत गरेका छन् । ‘इन्डिपेन्डेन्ट प्यानल फर पेन्डेमिक प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’, जी २० उच्चस्तरीय मञ्च र ‘डब्लुएचओ प्यान–युरोपियन कमिसन अन हेल्थ एन्ड सस्टेनेबल डेभलपमेन्ट’को प्रतिवेदनमा सिफारिस गरिएझैँ भविष्यका सम्भावित महामारीका लागि तयारी र रोकथाम गर्न हामीलाई तत्काल दीर्घकालीन वित्तीय प्रतिबद्धताको आवश्यकता छ । यी प्रतिवेदनमा समावेश गरिएका सिफारिस लागू हुनैपर्छ किनभने हामी अर्को महामारी कुर्न सक्दैनाँै । सिफारिसअनुसार हरेक वर्ष १५ खर्ब डलरको लगानी आवश्यक छ जहाँ १० खर्ब डलर पूर्वाधारमा लगानी गरिनेछ । उल्लिखित लगानी विश्वका लागि हालसम्मकै सबैभन्दा ठूलो बिमा साबित हुनेछ ।   

यदि तदर्थ स्वैच्छिक लगानीमा चल्ने हो भने डब्लुएचओ र अन्य वैश्विक स्वास्थ्य संगठनहरूले आवश्यक सबै काम गर्न सक्दैनन् । तदर्थमा लगानी जुटाउने काम सामान्य वार्षिक राहत रकम जुटाउनका लागि मात्रै उपयुक्त हुन्छ, तर स्वास्थ्य र संक्रामक रोग नियन्त्रणका लागि उपयुक्त हुँदैन । स्थायी दीर्घकालीन लगानीका तीन उपलब्ध स्रोत छन् र ती सबै मार्चमा हुने बाइडेनले गर्ने कोभिड–१९ सम्बन्धी शिखर सम्मेलनमा सुनिश्चित गर्न सकिन्छ । पहिलो स्रोत, संयुक्त राष्ट्र संघ, शान्ति मिसन, आइएमएफ र विश्व बैंकमा जसरी दायित्वको समतामूलक वहन अपनाइएको थियो त्यसरी नै एसिटिएका सदस्य मुलुकहरू दायित्व वहन गर्न सहमत हुनुपर्छ । अर्थात्, अमेरिका र युरोपियन युनियनले २५ प्रतिशत रकम वहन गर्नुपर्छ र बाँकी रकम मुलुकहरूले आ–आफ्नो हैसियतअनुसार वहन गर्नुपर्छ ।    

दोस्रो, आइएमएफ, विश्व बैंक र क्षेत्रीय विकास बैंकहरूले तुरुन्तै सन् २०२२ का लागि थप स्वास्थ्यमा रकम विनियोजनको प्रस्ताव गर्नुपर्छ । स्थानीय रूपमा क्षमता निर्माणमा विश्व बैंक र क्षेत्रीय विकास बैंकहरूको भूमिका बढेको देखिन्छ र खोपको रकम भुक्तान गर्नका लागि नयाँ आइएमएफ खोप सुविधाको विस्तार गर्नुपर्छ । आइएमएफको स्पेसल ड्रइङ राइट्स (एसडिआर)अन्तर्गत एक खर्ब डलरको रकम प्रयोग गर्न पाउने अधिकार पाएका न्यून आय भएका मुलुकलाई आइएमएफले सो रकम स्वास्थ्य सेवाको स्तरोन्नतिमा प्रयोग गर्न दिनुपर्छ । अन्त्यमा, हामीले यो रकम लगानी परिचालनमा थप नवीनता ल्याउन आवश्यक छ ।

कर्पोरेट क्षेत्रको संलग्नता पनि बढाइनुपर्छ । विशेषतः विपन्न मुलुकहरूमा आफूले खासै केही गर्न नसकेको भनेर स्विकार्ने औषधि कम्पनीहरूलाई संलग्न गराइनुपर्छ । अन्त्यमा, ठुल्ठूला संस्थानबाट थप आर्थिक सहयोग खोजिनुपर्छ । एकताका यस्ता गतिविधिबाट मात्र हामीले कोभिड–१९ महामारीलाई इतिहास बनाउन सक्छौँ । यो सम्भव छ र यही वर्ष पूरा गराउनुपर्छ । प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad