
चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल इकमर्सले ‘बिग सिजी डे २२.२.२२’ योजना ल्याएको छ । बिग सिजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रूपमा ल्याउने योजनासहित ल्याएको हो । यस योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरू विशेष आकर्षक छुटमा उपलब्ध हुने जनाइएको छ । यस वर्ष फागुन १० देखि १६ गतेसम्म योजना लागू हुने कम्पनीले जनाएको छ ।
योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट, सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपनका साथै पहिलो २२ जना ग्राहकलाई दुई हजार दुई सय रुपैयाँबराबरको उपहारजस्ता सुविधा र छुट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
बिग सिजी डे २२.२.२२ मा सिजी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स, सिजी एजुकेसन, सिजी हस्पिटालिटी, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न प्रोडक्ट तथा सेवा–सुविधाहरूमा आकर्षित हुने कम्पनीले जनाएको छ ।