१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

फेवातालमा  फेरि पानीको सतह घटाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५६:oo

पोखरास्थित फेवातालको पानीको सतह मंगलबारदेखि घटाइने भएको छ । पोखरा महानगरपालिका–१७ स्थित बिरौटा चोकदेखि करिब एक सय मिटर पश्चिममा रहेको सिँचाइ नहरमा पर्ने कल्भर्टलाई चौडा गर्न तालमा पानीको सतह घटाउन लागेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले जनाएको छ । 

तालबाट बढी भएर गएको सिँचाइको नहर यही कल्भर्टबाट बग्ने गर्छ । कार्यालयका प्रमुख किरण आचार्य सडक डिभिजन कार्यालय, पोखराको आग्रहमा तालको सतह घटाउन लागिएको जानकारी दिए । सडक कार्यालयले कल्भर्टमा काम गर्नेक्रममा नहरको गेट बन्द गर्दासमेत ओभरफ्लो भई पानी बन्द नभएकाले तालको सतह घटाई काममा सहजीकरण गरिदिन अनुरोध गरेकाले सोहीअनुसार तालको बाँध खोली पानीको सतह घटाउन लागिएको आचार्यको भनाइ छ । 

तालको सतह घटाउदा पाँच करोड लिटर पानी बगेर जानेछ । जसका लागि तालको बाँध २० सेन्टिमिटर खोलिनेछ भने सतहसमेत २० सेन्टिमिटर घट्नेछ । निर्माणको काम सम्पन्न हुन ८० दिन लाग्ने आचार्यले बताए । १० फागुनदेखि तालको बाँध खोलिने भएको छ ।

सडकले ३० वैशाख ०७९ सम्म काम सम्पन्न गर्ने भनेकाले तालको बाँधसमेत सोही दिनसम्म खोली पानीको सतह घटाउन लागिएको आचार्यले जानकारी दिए । फेवातालमा गत वर्षको फागुनमा समेत पानीको सतह घटाइएको थियो । गत वर्ष फेवाको बाँध मर्मतका लागि भन्दै करिब एक मिटर तालको सतह घटाइएको थियो । यसपटक गत वर्षको जस्तो तालको किनार सुख्खा भने नहुने उनले बताए । 

ad
ad