१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ जेठ १ मंगलबार २१:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारत–फ्रान्स विदेशमन्त्रीस्तरीय वार्ता : हरित अर्थव्यवस्थादेखि अफगानिस्तानसम्म छलफल

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ जेठ १ मंगलबार २१:५७:oo

भारत र फ्रान्सले आर्थिक, पूर्वाधार र वैज्ञानिक सहयोगको माध्यमबाट समुद्री स्रोतहरूको उपभोग र संरक्षणको लागि साझेदारी बढाउन हरित अर्थव्यवस्था र सामुद्रिक सुशासनको मार्गचित्रमा जोड दिएका छन् । पेरिसमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका फ्रान्सेली समकक्षी जिन–यवेस लेड्रियानबीच भएको द्विपक्षीय वार्तामा यस्तो मार्गचित्रमा छलफल भएको हो । 

दुई मन्त्रीहरूले विशेषगरी व्यापार र लगानी, रक्षा र सुरक्षा, स्वास्थ्य, शिक्षा, अनुसन्धान र नवप्रवर्तन, ऊर्जा र जलवायु परिवर्तनमा द्विपक्षीय रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन सहमति गरेका छन् । 

भारतीय विदेशमन्त्री जयशंकर गत हप्ता जर्मनीमा भएको म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएर फ्रान्स गएका थिए । फ्रान्स युरोपमा भारतको सबैभन्दा नजिकको रणनीतिक साझेदारहरूमध्ये एक हो । 

भारतीय विदेशमन्त्री जयशंकरले महामारीको समयमा भारत र फ्रान्सबीचको घनिष्ठ सहकार्य भएको स्मरण गर्दै रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिएका छन् । ‘भारत–फ्रान्स रोडम्याप अन द ब्लू इकोनोमी एन्ड ओसन गभर्नेन्स’ मा दुवै पक्षले जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । हरित अर्थतन्त्रमा साझेदारी बढाउने विषयमा समेत विशेष रूपमा छलफल भएको छ । 

हिन्दुस्तान टाइम्सका अनुसार दुवै मन्त्रीहरू खेलकुद क्षेत्रमा जारी सहकार्यलाई निरन्तरता दिन र अभिवृद्धि गर्न तथा  छिट्टै खेलकुद क्षेत्रमा जन–जन सम्पर्कलाई सहज बनाउने उद्देश्यको संयुक्त घोषणापत्र जारी गर्न सहमत भएका छन् । भारत र फ्रान्सका सम्बन्धित अधिकारीहरूबीच सार्वजनिक प्रशासन र प्रशासनिक सुधारहरूमा लामो समयदेखि चलिरहेको सहकार्य थप सुदृढ गर्न पनि उनीहरू सहमत भएका छन् । 

दुवै विदेशमन्त्रीहरूले प्रमुख क्षेत्रीय र वैश्विक मुद्दाहरू, विशेष गरी भारत–युरोपियन युनियन सम्बन्धका विषयमा छलफल गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकरले फ्रान्सेली युनियन मन्त्रीस्तरीय फोरमको आयोजना गर्ने पहलको प्रशंसा गरेका छन् । 

 दुई मन्त्रीले अफगानिस्तानको अवस्था, इरानको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास र युक्रेनको विकसित अवस्थाका बारेमा धारणा आदानप्रदान गरेका छन् । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले बहुपक्षीयताका सिद्धान्तहरूप्रति साझा प्रतिबद्धता दोहोर्याएका छन् र आपसी सरोकारका मुद्दाहरूमा संयुक्त राष्ट्र सुरक्षा परिषदमा  समन्वय गर्न सहमति गरेका छन् ।’

ad
ad