१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा एम्बुलेन्समा आगजनी, घरमा आगलागी : स्थानीय त्रसित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २o:१o:oo

गुल्मीस्थित मुसिकोट नगरपालिका–४ हलोगाडेका गुप्तबहादुर कार्कीको घरमा शुक्रबार राति अचानक आगलागी भयो । मानवीय क्षति नभए पनि उनको दुईतले घर पूर्ण रूपमा जल्यो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट कार्कीको ११ लाखबराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीका विषयमा कार्की परिवार अनविज्ञ छ । प्रहरीले समेत घटनाको मेसो पाएको छैन । ‘परिवार तल्लो तलामा बस्ने भएकाले भागेर बाँच्यौँ । घर पूर्ण रूपमा जल्यो,’ कार्कीले भने, ‘प्राविधिकले विद्युत् सट होइन भन्छन्, कसैले रिसइबी साँधेकै जस्तो पनि लाग्दैन ।’ घटनाले गाउँमा त्रास सिर्जना भएकाले गम्भीर भएर घटनाको सत्यतथ्य छानबिन गर्न कार्कीले प्रहरीलाई आग्रह गरे ।
केही दिनअघि मुसिकोट नगरपालिका– ३ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको थियो । एम्बुलेन्समा आगजनी भएको केही दिनमै घरमा शंकास्पद आगलागी भएपछि नागरिक त्रसित भएको मुसिकोट नगरपालिका– ३ का वडासदस्य शंकर रायमाझीले बताए । ‘ठूलो संघर्षले भारतीय दूतावासबाट प्राप्त एम्बुलेन्स जलेपछि दुःख मात्रै लागेन लज्जाबोधसमेत भयो,’ उनले भने, ‘केही दिनमै घरमा पनि आगलागी भएपछि नागरिक त्रसित छन् ।’ 
उनले दुवै घटनामा प्रहरी प्रशासनले चासो दिएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले एम्बुलेन्समा आगजनी र घर आगलागीको विषयमा अनुसन्धान भइरहेको बताए । उनले एम्बुलेन्सका विषयमा चालकलाई सोधपुछ गर्ने काम भएको बताउँदै भट्टराईले घरको क्षति संकलनसँगै परिवार, छरछिमेकमा सूचना संकलनको काम भइरहेको जानकारी दिए ।

ad
ad