१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Saturday, 10 May, 2025
२o७८ फाल्गुण ९ सोमबार १८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १८:११:oo

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिँदै छ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार तीनजनाको घटनास्थलमै निधन भएको छ।

त्यसमध्ये पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट र सोही ठाउँका १७ वर्षीय ललित अवस्थी छन्। यस्तै दुर्घटनामा पाटन नगरपालिका–३ कै जनकराज पन्तको पनि मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। मृतक विद्यार्थी सिगास माविमा अध्ययनरत रहेको स्थानीयले बताएका छन्। टिपरमा करिब २५–३० जना रहेको र धेरैले हामफालेर ज्यान जोगाएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।