१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ८ आइतबार १७:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र र नेकपा एसले दोहोरो चरित्र देखाउन मिल्दैन : गगन थापा (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार १७:४९:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अब पनि दोहोरो चरित्र देखाउन नमिल्ने बताए। उनले पक्ष वा विपक्ष के कुरामा मत हाल्ने हो त्यो बारेमा आफ्नो पार्टीको स्पष्ट धारणा निकाल्नुपर्ने बताए। सांसद थापाले संसदमा एमसिसी पेस भएको र यसलाई संशोधन गर्ने विकल्पसहित अघि बढ्न सकिने बताए। उनले आज एमसिसी संसदमा पेस गर्न सहमत भएका दलहरू पनि एमसिसी पास गर्ने दिनसम्म मत दिनका लागि तयार हुने दाबी गरे। 

उनले भीम रावल, देव गुरुङ र झलनाथ खनालले एमसिसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न नमिल्ने टिप्पणी गरेका छन्। उनले एमसिसी राष्ट्रघाती हो भन्नेहरूले पार्टीका प्रमुख नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सदनमा राष्ट्रघाती मुर्दावाद भन्ने हैसियत राख्न सक्नुपर्ने बताए। सांसद थापाले एमालेको अवरोधबीच एमसिसी संसदमा छलफल हुन्छ वा हुँदैन भन्ने कुराको शंका आजबाट सकिएकोसमेत बताए। उनले अबका दिनमा नाराबाजीकै बीचमा एमसिसीबारे छलफल हुने पनि बताए। 

‘यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिला मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दावाद भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ। यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने पुष्पकमल दाहाल मुर्दावाद भनेर मोआवादीका सांसदहरूले र माधव नेपाल मुर्दावाद भनेर एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ। त्यसपछि मात्रै यसका बारेमा उहाँले कुरा राख्नुपर्छ। अर्को कुरा सभामुखजीले सडकमा भइरहेको विषय संसदमा छलफल हुनुपर्छ भन्नुभयो यो महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘अवरोधका बीच संसदमा छलफल होला कि नहोला भन्ने कुरा पनि आजबाट टुंगिएको छ। आजको छलफलमा नेकपा एमालेले भाग लियो। मजदुर किसान पार्टी, जनमोर्चा, माओवादी पार्टी सबैले भाग लिइसकेपछि १२ गतेबाट यसमा सामान्य छलफल प्रारम्भ हुन्छ। छलफल आज जसरी भएको छ त्यसरी नै हुन्छ।‘ 

‘सरकारमा पनि बस्ने, सरकारले ल्याएको विपक्षमा मतदान गर्ने कुरा यो राजनीतिक नैतिकताको प्रश्न पनि होला। अब सबैले आफ्नो डबल स्ट्यान्डर छोड्नुपर्छ। पक्षमा हो भने पक्षमा हो, विपक्षमा हो भने विपक्षमा हो। यसको विपक्षमा हो भने विपक्षमा मतदान गर्ने, आधाले विपक्षमा मतदान गरेजस्तो गर्ने,  विपक्षमा लागेजस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो गर्ने कुरालाई बन्द गर्नुपर्छ। १२ गतेको छलफलमा सबैले भाग लिऔँ’, थापाले भने, ‘मतदानमा जाँदा नेकपा एमालेलाई पनि पक्षमा मतदान गर्न अनुरोध गर्छौं, अहिले सरकारमा भएको माओवादी, समाजवादी सबैलाई अनुरोध गर्दछौँ। सँगै यसमा परिमार्जनको कुरा छ, परिमार्जनको २ विकल्प हामीले छलफलमा ल्याइरहेका छौँ। एउटा व्याख्यात्मक घोषणाको माध्यम छ, त्यो माध्यमलाई पनि संसद्ले लिएर जान सक्छ। संकल्प प्रस्तावको अर्को माध्यम छ, यी माध्यममा काम गर्ने हो भने कांग्रेस सबै माध्यममा कुरा गर्न तयार छ। सबै विकल्पमा कुराकानी गर्न खुला छ। होइन भने प्रक्रिया अघि बढ्छ र प्रक्रियासँगै विषय टुंगिन्छ। आज टेबुल गर्न सहमत भएर यहाँसम्म आएका साथीहरू पास हुने दिनसम्म मतदान गर्ने ठाउँमा आइपुग्नुहुन्छ।’