१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

विशेष अदालतले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले खड्कालाई दोषी ठहर गरेको हो। 

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपाल प्रहरीमा जागिर खान नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको प्रमाणित भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीसेवामा माध्यमिक शिक्षा परिषद् वाराणसी उत्तरप्रदेश भारतको शैक्षिक योग्यता (आइए)को झुट्टा प्रमाणपत्र पेस गरेको खड्कामाथि आरोप लगाएको छ। खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।  

अनुसन्धानले खड्काले माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तरप्रदेशबाट जारी भएको भन्दै प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको र सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए।