Skip This
एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Saturday, 27 July, 2024
२o७८ फाल्गुण ४ बुधबार १८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार १८:१८:oo

नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा २४ माघमा बानियाँविरुद्ध दिएको उजुरी २७ माघमा दर्ता भएको थियो । 

सोही उजुरीको आधारमा उनीमाथि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए । ‘बानियाँविरुद्ध बुधबार नै अदातबाट पक्राउ पुर्जी जारी भएको छ, हामी पक्राउ गर्न खोजिरहेका छौँ,’ डिएसपी न्यौपानेले भने । पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेकी छिन् ।