
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ । सोमबार साँझ नेपालनिवासमा नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाह र अध्यक्ष नेपालबीच शिष्टाचार भेटवार्ता भएको हो । नेपाल–पाकिस्तान सम्बन्धलाई सुदृढ बनाउने प्रयासको निरन्तरतास्वरूप भेटवार्ता भएको बताइएको छ ।
भेटका क्रममा राजदूत शाहले प्रधानमन्त्रीको हैसियतमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन योगदान गरेकोमा प्रशंसा गरेका थिए । त्यस्तै अध्यक्ष नेपालले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई सुमधुर बनाउन आफ्नो तर्फबाट योगदान गर्ने विश्वास व्यक्त गरेको बताइएको छ ।