१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सप्तरंग डिजिटल संस्करण

बर्लिन फिल्म फेस्टिभलमा ‘ह्विल अन द बस’ प्रिमियर हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:२९:oo

सूर्य शाही निर्देशित फिल्म ‘ह्विल अन द बस’ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा मंगलबार प्रिमियर हुँदै छ। ‘ह्विल अन द बस’ बर्लिनको ‘जेनरेसन के प्लस’ विधाअन्तर्गत छानिएको हो। फिल्मले कर्णालीमा विद्यमान जातीय विभेदको कथालाई केन्द्र बनाएको छ। 
प्रविण कुमार रावत, सुशान्त श्रेष्ठ, राजेशप्रसाद खत्री र सूर्य शाही मिलेर बनाएका फिल्ममा मानबहादुर टमाटा र हरि बुढाको मुख्य भूमिका रहेको छ। सूर्यले यसअघि ‘रातो टालो’ नामक सांगीतिक फिल्म निर्माण गरेका थिए। ‘ह्विल अन दि बस’ उनको डेब्यु फिल्म हो।

बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलको ७२औँ संस्करणमा यस वर्ष दुई नेपाली सर्ट फिल्म छानिएका छन्। फेस्टिभलमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ आइतबार प्रिमियर भएको थियो । सपना पूरा गर्ने अभिलाषाले नेपालदेखि अमेरिकाको न्युयोर्कसम्म पुगेको दम्पतीको कथामा ‘फोर नाइट्स’ आधारित छ । यसअघि सन् २०१३ मा दीपक रौनियारको ‘हाइवे’ पनि बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो।

ad
ad