१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४१ वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई बंगाल सरकारको आठ लाख क्षतिपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

४१ वर्ष विनासुनुवाइ भारतीय जेलमा बसेका इलाम माई नगरपालिका– १०, लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाख रुपैयाँ (भारु पाँच लाख) क्षतिपूर्ति उपलब्ध गराइएको छ। तिम्सिनालाई भारत सरकारले दिएको उक्त क्षतिपूर्तिको चेक कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले आइतबार झापामा हस्तान्तरण गरेका हुन् ।

विनासुनुवाइ र विनाकसुर पुष्टि ४१ वर्ष भारतीय जेलमा जीवन बिताएका तिम्सिनालाई गत २२ मंसिरमा तत्काल पाँच लाख भारु क्षतिपूर्ति उपलब्ध गराउन कोलकाता उच्च अदालतले आदेश दिएको थियो ।

उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षी भारद्वाजको संयुक्त इजालसले पश्चिम बंगाल सरकारलाई ६ हप्ताभित्र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो । उक्त रकम आइतबार दुर्गाप्रसादलाई हस्तान्तरण गरिएको महावाणिज्यदूत पौडेलले बताए । ‘त्यहाँको उच्च अदालतले दमदम करेक्सनल होमको जेल प्रशासनलाई तत्काल कति दिन सकिन्छ भनेर सोध्यो । उसले भारु पाँच लाख दिन सकिन्छ भनेपछि अदालतले यो आदेश दिएको हो,’ पौडेलले भने, ‘तर, यो पैसा लिएपछि पनि बाँकी क्षतिपूर्तिका प्रक्रिया अघि सार्ने बाटाहरू बन्द भएका छैनन् । यसले मल्हमपट्टी हुन्छ । बाँकी क्षतिपूर्तिका लागि अब प्रक्रिया सुरु हुन्छ । यसका लागि महावाणिज्य दूतावासले समन्वय गर्छ । पूर्ण क्षतिपूर्तिको लडाइँ बाँकी नै छ ।’

४१ वर्ष जेल बसेर गत चैतमा घर फर्किएका दुर्गाप्रसादको स्वास्थ्य अवस्थामा अझै पनि सुधार आउन सकेको छैन। घरमा बस्न नसक्ने भएपछि उनलाई विराटनगरस्थित एक मानव आश्रममा राखिएको थियो । कोलकता उच्च अदालतले उनको मानसिक र शारीरिक अवस्था ठीक नभएको भन्दै  महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा जानकारी गराउने सर्तमा गत चैतमा जेलमुक्त गर्न आदेश दिएको थियो।