१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Friday, 09 May, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७८ माघ २९ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनयुद्ध दिवस मनाउन मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा, सहिद परिवारलाई तीन लाख राहत

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १८:४३:oo

मधेस प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको दिएको छ। जनयुद्ध दिवसको अवसरमा मधेस सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए। 

मन्त्री साहका अनुसार जनयुद्धमा सहिद तथा ज्यान गुमाएकाका परिवारलाई तीन लाखका दरले अनुदान दिने निर्णयसमेत भएको छ। तर, पहिलो चरणमा जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक कार्यक्रमका बीच माओवादी जनयुद्धमा मधेस प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएकाका परिवारजनलाई राहतस्वरूप तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ। बाँकी रकम पछि दिने मन्त्री साहले बताए। 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेसी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएकाका परिवारलाई १ लाख दिने निर्णय गरेको मन्त्री साहले बताए। 

आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने भएका छन्।