१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मानदत्त रावल नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले भने– सांसदविरुद्ध मुद्दा दर्ता भइसक्यो, अब अनुसन्धान अघि बढ्छ

Read Time : > 1 मिनेट
मानदत्त रावल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o१:oo

बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले उनीविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । बिहीबार मात्रै मुद्दा दर्ता भएको हो । 

नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर बाँनियाले बलात्कार गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा संघीय संसद्का सभामुखबाट अनुमति लिनुपर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ,’ उनले भने ।

पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेकी छिन् । ‘सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ । डिएसपीले मुद्दा दर्ता भइसक्यो, दर्ता नम्बर लिन आउनुहोस् भनेर फोन गर्नुभएको छ,’ पीडित महिलाले भनिन् । उजुरीमा महिलाले १९ माघ बिहान ५ बजे नेपालगन्ज उपमहानगरपालिका–२ स्थित अप्सरा होटेलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जनाएकी छिन् । बानियाँले ०७६ मंसिरमा संयुक्त साझेदारीमा व्यापार गर्ने भन्दै आफूबाट २५ लाख रुपैयाँ लिएको महिलाको दाबी छ । सोही रकम फिर्ता गर्न बानियाँले होटेलमा बोलाएर आफूलाई जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उजुरीमा अनुसन्धानको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न माग गरिएको छ । पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको समेत प्रहरीले जनाएको छ ।

सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि पीडित महिलालाई धम्की आउन थालेको आफन्तले बताएका छन् । चौतर्फी धम्की दिने र प्रलोभन देखाउने काम भइरहेको भन्दै आफू असुरक्षित रहेकोे ती महिलाले बताएकी छन् । ‘जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाइँले प्रत्यक्ष भेटेर र त्यसको भोलिपल्ट बिहानै १० बजे तपाईंले दिएको २५ लाख रुपैयाँ दिन्छौँ जाहेरी फिर्ता लिनुस् भनेका थिए,’ ती महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुँदैन जे गर्छ कानुनले गर्छ भनिदिएँ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले फोन गरेर प्रलोभन देखाएको पनि उनले बताइन् ।

सांसद बानियाँका छोराले जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्की दिएका थिए । ‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ । बानियाँका छोराले मैले जाहेरी दिँदैमा कुनै असर नपर्ने र यस्ता करणी घटना कैयौँ व्यहोरिसकेकाले जाहेरी दिनुको कुनै तुक नभएको भन्दै धम्की दिए,’ पीडित महिलाले भनिन् । 
पटक–पटक लिएको पैसा फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक काटेका थिए । राष्ट्रिय वाणिज्य बैंकको चेकमा रहेको खातामा पैसा नभएपछि चेक बाउन्स भएको छ । त्यही बाउन्स भएको चेकसमेत बानियाँका आफन्तसहितको टोलीले खोसेको ती महिलाले बताइन् । पटक–पटक सम्पर्क गर्दा पनि सांसद बानिया नयाँ पत्रिकाको सम्पर्कमा आउन चाहेनन् ।

ad
ad