१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनमा विमतिभित्र सहमतिको खोजी हुन्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:५३:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विमतिभित्र सहमतिको खोजी भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले वाम–लोकतान्त्रिक गठबन्धन भएकोले कतिपय वैचारिक विमतिका बाबजुद सहमतिको खोजी हुने बताएका हुन् । 

कार्यक्रममा काभ्रेका कांग्रेस नेता राम तामाङको नेतृत्वमा ५० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश अब चुनावमा होमिएकोले सबै कार्यकर्तालाई चुनाबको तयारीसहित पार्टी र संगठन निर्माणमा लाग्न निर्देशन दिए । 

नेपालले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको लहर चलेको भन्दै पार्टीसँग नेपाली नागरिकले धेरै ठूलो अपेक्षा गरेको बताए । वाम लोकतान्त्रिक गठबन्धन स्थानीय तहमा मात्र नभई प्रदेश र संघको निर्वाचनसम्मै जाने बताए ।

पाँचदलीय गठबन्धन संविधानको रक्षा, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको पक्षको भएको भन्दै नेपालले दक्षिणपन्थीको विरुद्ध एकजुट भएर जाने बताए । गठबन्धन कायम राख्ने विषयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा सकारात्मक भएको नेपालको भनाइ छ ।

ad
ad