१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ २७ बिहीबार १५:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न, फागुन ८ बाट व्यावसायिक उडान

Read Time : > 1 मिनेट
२०७८ माघ २७ बिहीबार १५:०१:००

इलाम नगरपालिका– ९ मा निर्माण भएको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएको छ । बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले विमानस्थलमा उडान परीक्षण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ः०५ बजे उडेको (ढल् द्यब्त्) जहाज १०ः०२ मा फाल्गुनन्द विमानस्थलमा अवतरण गरेको नेपाल वायु सेवा निगमले जनाएको छ । परीक्षण उडानको प्रतिवेदन तयारी भएपछि सुरक्षाको सिफारिस अवलम्बन गरेर नियमित उडान सुरु गर्ने निगमले जनाएको छ । 

परीक्षण उडानमा संलग्न क्याप्टेन पेम्बा शेर्पाले जहाज अवतरणका लागि विमानस्थलको धावनमार्ग सजिलो रहेको बताएका छन् । व्यावसायिक उडानको तयारी भइरहेको विमानस्थलमा परीक्षण उडान सफल भएपछि नियमित उडानका लागि बाटो खुलेको छ । गएको भदैमा विमानस्थलको सात सय मिटर लम्बाइ र ६० मिटर चौडा धावनमार्गको कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि परीक्षण उडान गरिएको हो । विमानस्थलबाट आउँदो फागुन ८ गतेबाट व्यावसायिक उडान थाल्ने तयारी छ । 

यसअघि विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि परीक्षण उडान गरिएको थियो । तारा एयरको ट्विनअटर जाहाजले कच्ची धावनमार्गमा ०७५ जेठ २१ मा परीक्षण उडान गरेको थियो । विमानस्थलको फागुन १ गते उद्घाटन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पर्यटनमन्त्री प्रेम आले विमानस्थल उद्घाटनका लागि इलाम आउने कार्यक्रम छ ।

तारा एयरलाइन्सले हरेक आइतबार काठमाडौं–इलाम–काठमाडौं उडान गर्ने तयारी गरेको छ । नियमित उडानका लागि इलाम नगरपालिका र तारा एयरलाइन्सबीच सम्झौता भइसकेको छ । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले व्यहोर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा आठ हजार सात सय कायम गरिएको छ । त्यस्तै, उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 
    
विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहाने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द–सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्कमलगायतका मानिसलाई हवाई यात्राका लागि सहज हुनेछ । 
    
विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पूरा भएको हो । ०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि ०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि ०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो ।