१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तोकिएको समयअगावै कोभिड प्रतिबन्धहरू हटाउने जोनसनको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा अगावै बेलायतमा लगाइएका कोरोनाविरुद्धको प्रतिबन्ध हटाउने बताएका छन्। उनले बुधबार सो कुराको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरू लगाइएको छ। तर, त्यसअगावै सबै प्रकारका प्रतिबन्धलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको जोनसनले बताएका छन्।

उनले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पजिटिभ व्यक्तिले पाँच दिन मात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताए। उनले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडविरुद्धका प्रतिबन्धहरूमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराएका हुन्। रासस/सिन्ह्वा