मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Thursday, 18 September, 2025
मुख्य समाचार डिजिटल संस्करण

कमल थापाद्वारा राप्रपा परित्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार १३:५६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन।  हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले पार्टीबाट अलग भएको बताए। उनी नयाँ पार्टी घोषणाको गृहकार्यमा छन्।

‘अन्यन्त मारि मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गतल प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाई नभएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्।

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले निर्मल निवासले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै आएका थिए। थापाले दुई पटकसम्म अध्यक्ष लिङ्देनलाई पत्र पठाएर विभिन्न विषयमा ध्यानाकर्षण गराएका थिए। पछिल्लो पटक थापाले राप्रपा महाधिवेशनमा पूर्वराजाले हस्तक्षेप गरेको भन्दै छानविन हुनु पर्ने बताउँदै आएका थिए।