१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराको राजीनामा मात्रै हाम्रो माग होइन, समग्र न्यायालय सुधार आवश्यक छ : बार महासचिव पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आफूहरूको आन्दोलन जारी रहेको बताएका छन्। बारको आन्दोलन सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन्।

बारको आन्दोलन तुहिएको भ्रम फैलाइएको भन्दै उनले कोरोनाको अवस्था सामान्य भएपछि भर्चुअल रूपमा जारी आन्दोलन भौतिक रूपमा गर्ने प्रस्ट पारे। प्रधानन्यायाधीश जबराको राजीनामा मात्रै आफूहरुको माग नभएको उल्लेख गर्दै उनले समग्र न्यायालय सुधारका लागि आन्दोलन जारी राख्ने बताए।

‘प्रधानन्यायाधीशको राजीनामा मात्रै हाम्रो माग होइन। समग्र न्यायालय सुधारका लागि हाम्रो आन्दोलन जारी छ। यसले भावी पुस्ताका लागि न्यायालय कस्तो हुने भन्ने अर्थ राख्छ,’ उनले भने, ‘आन्दोलन सकियो, तुहियो भन्ने भ्रम फैलाइएको छ। त्यो सत्य होइन। हाम्रो आन्दोलन निरन्तर छ। हामीले जबराकै कारण मात्रै अदालतमा विकृति बढ्यो भनेका होइनौँ। विगतदेखिको विकृति हटाउन हो।अदालतमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप हटाउनुपर्छ भन्ने पनि हो।’

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले भनेअनुसार आन्दोलनले गोलाप्रणाली लागू गराउन सकेको भन्दै उनले गोला प्रणाली लागू भएपछि बिचौलियाको भागाभाग भएको बताए।