१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनसरीमा बस र ट्रक आपसमा ठोकिँदा आगलागी, तीनको मृत्यु, १३ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:२९:oo

सुनसरीको लौकहीनजिकै पूर्व–पश्चिम राजमार्गमा बस र ट्रक एक–आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक लौकहीदेखि पूर्व खनिया पुलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

काकडभिट्टाबाट १४ जना यात्रु लिएर हिँडेको बसमा त्यहाँ शुक्रबार राति करिब ८ बजे आइपुग्दा २७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसम, तीव्र गति र साँघुरो पुलको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । गाडी जुधेपछि दुवै गाडीमा आगो लागेको थियो । बसमा च्यापिएर तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । मृत्यु हुनेमा बसचालक पाँचथरका सुरेन राई, बसमा सवार एकजना पुरुष र ट्रकचालक जिल्ला बारा निजगढ ९ बस्ने वर्ष २७ को सेख फिरोज रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते भएका छन् । 

दुर्घटनामा बसका सहचालक झापाका रविन ढुंगेल, मोरङका विक्रम कटुवाल, दोलखाका मिङमा शेर्पा, बाराका दीपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार विक, बसमा सवार महोत्तरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बू र इलामका गोपाल दाहाल घाइते भएका छन् । 

उनीहरूको विराटनगरको न्युरो, नोबल र इनरुवाको जिल्ला अस्पतालमा उपचार भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । 

ad
ad