१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार १३:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तीन व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनजना सार्वजनिक 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:४१:oo

मोरङको धनपालथानको उखुबारीमा दुईजना र ललितपुर गोदावारीस्थित थेचोमा एक साझेदार व्यवसायीको हत्या गर्ने गिरोहका तीनजनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । २८ मंसिरमा ललितपुरको गोदावरी नगरपालिका– १२ स्थित थेचोमा तेह्रथुमको संक्रान्ति गाउँपालिका– २ का ६३ वर्षीय मोहन लिम्बू र मोरङको धनपालथान गाउँपालिका– ७ स्थित बोर्डिङ टोलनजिकै रहेको उखुबारीमा ५ पुसमा  सुनसरी धरान उपमहानगरपलिका– ३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र ७ पुसमा सप्तरी शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गर्ने गिरोहका तीनजनलाई मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा सिराहा नगरपालिका– २१ घर भई हाल काठमाडाैं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथाना गाउँपालिका– ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका– ४ सिसबनी बस्ने २९ वर्षीय अमित साह भनिने दीनानाथ सोनार रहेका छन् । उनीहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार हत्यामा संलग्न गिरोहका अझै  पाँचजनाभन्दा बढी फरार रहेकाले  उनीहरूको खोजी भइरहेको छ । प्रहरीले घटनास्थलबाट खाल्डो खन्न प्रयोग भएको कोदालो, शव चाँडै गलाउन प्रयोग गर्न लगिएको ६ प्याकेट आयोनुन पनि बरामद गरेको छ । 

ललितपुर र मोरङमा हत्या गरिएका तीनैजना व्यक्ति र पक्राउ परेकाहरू कारोबारमा साझेदार रहेको र सोही कारण पालैपालाे योजनाअनुसार उनीहरूको हत्या गरिएको  प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । एसपी जिसीका अनुसार तीनैजनाको डोरी र गम्छाले घाँटी कसेर हत्या गरेको र त्यसपछि गहिरो गोलो खाल्डो खनेर नुन प्रयोग गरी गाडिएको थियो । प्रहरीले हत्याको कारण कारोबार एकलौटी बनाउन योजनबद्ध रूपमा भएको बताएको छ । तर, कस्तो प्रकारको कारोबार हो भन्ने  प्रहरीले खुलाएको छैन । एसपी जिसीले भने, ‘हामी अनुसन्धान गर्दैछौँ, चाँडै सबै कारण पत्ता लाग्नेछ ।’ 

५ पुसमा हत्या गरिएका धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार  श्रेष्ठको शव १२ माघमा र ७ पुसमा हत्या गरिएका  सप्तरी शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भु चौधरीको शव १३ माघमा भेटिएको थियो । त्यस्तै,  २८ मंसिरमा हत्या गरिएका काठमाडाैं गोठाटार बस्दै आएका मोहन लिम्बूको शव २० माघमा ललितपुरको गोदावरी नपा– १२ थेचोमा भेटिएको थियो । सबै शवहरूलाई एकै प्रकारको गोलो गहिरो खाल्डो खनेर नुन राखेर गाडिएको थियो ।  

प्रहरीका  अनुसार मृत फेला परेका लिम्बू, श्रेष्ठ र चौधरी तथा पक्राउ परेका अनिलकुमार मण्डल जग्गा कारोबारदेखि निर्माण व्यवसाय र अन्य विभिन्न वैध–अवैध कारोबारका साझेदार थिए । प्रहरीले हत्याको कारण पत्ता लगाउन स्थानीयदेखि काठमाडाैंसम्म  प्रहरी टोली परिचालन गरेको थियो । 
 

ad
ad