
बिहीबार बेलुकीदेखि परेको लगातारको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडकमा बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गको विभिन्न खण्डमा सवारीसाधन रोकिएका छन्। कतिपय सवारीसाधन हिउँमा चिप्लिएर नालीमा फसेका छन्। हिमपातले सडक अवरुद्ध भई सवारीसाधन जाममा परेपछि यात्रुहरू बीचबाटोमा अलपत्र परेका छन्।
जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिमपात भएको वेला सवारी दुर्घनाको जोखिम हुने भएकाले सवारीसाधन नचलाउन र यात्रुलाई पनि जोखिममा यात्रा नगर्न कर्णाली राजमार्गअन्तर्गतका प्रहरी चौकीमार्फत सर्कुलर गरिएको जानकारी दिएकी छन्।