१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नारायणहिटी दरबार संग्रहालयलाई जीवन्त राख्न मन्त्री आलेको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेका जीर्ण संरचना मर्मतसम्भार गर्न निर्देशन दिएका छन् । बिहीबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले नारायणहिटी दरबार संग्रहालय आकर्षक र सुन्दर बनाउन निर्देशन दिएका हुन् । उनले इतिहास बोकेको नारायणहिटी दरबारलाई जीवन्त राख्ने आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिए ।

शाहवंशीय परिवारले प्रयोग गरेको दरबारको अस्तित्व जोगाइराख्न र पर्यटक आकर्षित गर्न संग्रहालयलाई संरक्षण गरी आकर्षक र सुन्दर बनाउनुपर्ने मन्त्री आलेको भनाइ छ । ‘नारायणहिटी एक ऐतिहासिक दरबार हो, यसको सुन्दरतामा कमी हुनुहुँदैन, बजेट चाहिन्छ भने माग्नुस्,’ उनले भने, ‘अब हामी बजेटको नजिक छौँ, संग्रहालयभित्र भइरहेका अधुरा काम सम्पन्न आगामी वर्ष बजेटको व्यवस्था गर्नेछौँ ।’ उनले संग्रहालयभित्र अधुरा रहेका काम सम्पन्न गर्न छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन् ।

दरबार संग्रहालयभित्र थन्किएर रहेका पूर्वराजा तथा विदेशी पाहुनाहरू चढ्ने गरेका गाडीहरू मर्मत तथा डेन्टिङ–पेन्टिङ गरी प्रदर्शनीमा राख्न पनि मन्त्री आलेले निर्देशन दिएका छन् । त्यहाँ पुराना भिन्टेज गाडीहरू अलपत्र अवस्थामा राखिएका छन् । संग्रहालयभित्र ठाउँ–ठाउँमा बत्तीहरू जीर्ण भएको बताउँदै उनले ती बत्तीहरू तुरुन्त मर्मत गर्न वा फेर्न निर्देशन दिएका छन् । यस्तै, दरबारअगाडिको घरको छाना मर्मत गर्न, रंगरोगन गर्न, सामानको सरसफाइ गर्न, प्वाल परेर पानी चुहिने भएको महेन्द्र मञ्जिल भवनको छानो मर्मत गर्न, पानीको फोहोरा मर्मत गर्न, भत्किएका भौतिक संरचना मर्मत गर्न पनि निर्देशन दिएको उनले बताएका छन् । 

मन्त्री आलेले बतास समूहले क्याफेटेरिया सञ्चालन गर्ने नाममा अवैध रूपमा निर्माण गरेका संरचना भत्काइसकेको बताए । उनले भत्काइएका संरचनाले सिर्जना गरेको फोहोर तत्काल हटाउन लगाई त्यहाँ हरियाली बगैँचा निर्माण गर्न निर्देशन दिएका छन् । उनले भने, ‘यो ठाउँ पहिले जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा संरचना निर्माण गर्नुहोस् ।’ उनले संग्रहालय भवन तथा श्री सदन निरीक्षण गर्दा राजाले प्रयोग गरेका सोफा, कुर्सी, टेबल बिग्रिँदै गइरहेको देखेपछि तत्काल मर्मत गर्न निर्देशन दिएका छन् । 

पर्यटनसचिव महेश्वर न्यौपानेले संग्रहालयमा भएका संरचना तथा सामग्रीहरूको रेखदेख गर्न र उचित सरसफाइमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे । संग्रहालयको अध्यक्षसमेत रहेका उनले दरबार संग्रहालय दुरुस्तै राख्न संरक्षण र संवद्र्धन गर्नुपर्ने अवाश्यकता औँल्याउँदै संग्रहालयको मर्मतसम्भारका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।