१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारत र अस्ट्रेलियाका सेना प्रमुखबीच टेलिफोन कुराकानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:५६:oo

भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले अस्ट्रेलियाली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल लिक बरसँग टेलिफोन कुराकानी गरेका छन् । उनीहरूबीच द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । 

क्वाड मुलुक (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)को रणनीतिक संवादसम्बन्धी मञ्च क्वाडका दुई सदस्य मुलुकका सेनाप्रमुखबीच इन्डो प्यासिफिक क्षेत्रको समग्र सुरक्षा अवस्था तथा सम्भावित सुरक्षा सहकार्यबारे छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत सेप्टेम्बरमा भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री डा एस जयशंकरको निमन्त्रणामा अस्ट्रेलियाका रक्षामन्त्री पिटर डुटोन र म्यारिस प्याने दिल्लीमा आयोजित टु प्लस टुको बैठकमा सहभागी भएका थिए।

पछिल्लो चरणमा भारत र अष्ट्रेलियाबीच द्विपक्षीय तथा क्षेत्रीय रूपमा रक्षा सहकार्यमा बृद्धि भएको छ । अस्ट्रेलियामा आयोजना हुने क्वाड विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. एस. जयशंकर दुई सातापछि त्यसतर्फ जाने तय भएको छ ।
 

ad
ad