१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनका लागि विभागमा पूरक उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक उजुरी परेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले यसअघि दर्ता भएको ध्यानाकर्षणपत्रसँग सम्बन्धित पूरक उजुरी दर्ता गराएका हुन्।

दर्ता भएको पूरक उजुरीमा जबराका भाइ प्रभुशमशेर जबराको नाममा ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरू रहेको थप तथ्य पत्ता लागेको दाबी गर्दै यसबारे छानबिन गर्न माग गरिएको छ। सो सम्पत्ति गैरकानुनी असुलीलगायत अन्य अवैध स्रोत भएको उजुरीमा दाबी गरिएको छ।

विभागले उजुरी २९८२ नम्बरमा दर्ता भएको जानकारी दिएको छ। प्रधानन्यायाधीश जबराले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नागरिक अगुवाहरूले पुस ११ मा विभाग पुगेर ध्यानाकर्षणपत्र बुझाएका थिए।